बुटवल,साउन ४-
रुपन्देही उद्योग संघले उद्योगीहरुलाई कोभिड-१९ विरुद्धको खोप तत्काल व्यवस्था गर्न सरकारसंग माग गरेको छ । संघका अध्यक्ष बाबुराम बोहोराको नेतृत्वको एक टोलीले जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसँग भेट गरी खोप व्यवस्था गर्न आग्रह गरेको हो ।
सो क्रममा बोल्दै संघका अध्यक्ष बोहोराले उद्योगीहरुले देशको अर्थतन्त्र, रोजगारी अभिबृद्धि र औद्योगिक विकासमा उल्लेख्य योगदान गर्दै आइरहेको भए पनि उद्योगीहरुलाई राज्यले प्राथमिकता नदिएकोप्रति गुनासो गरे ।
उनले उद्योगीहरु खोप व्यवस्था हुने आशामा धैर्य भई बसिरहेकोमा सरकारले विभिन्न क्षेत्रलाई प्राथमिकता दिंदै गर्दा उद्योगीलाई समेट्न नसकेकाले निजी क्षेत्र चिन्तित बनेको बताए । सो क्रममा संघमा आवद्ध सदस्यहरुको नामावली सहितको अनुरोध पत्र प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तामाङले उद्योगीहरुलाई खोप व्यवस्था गर्न आफू चिन्तित रहेको र अबको केहीदिन भित्र खोप व्यवस्था गरी संस्था मार्पmत सदस्यहरुलाई खोप उपलब्ध गराउने आश्वासन दिए । संघले पहिलो चरणमा संघमा आवद्ध उद्योगी र क्रमश उद्योगका कर्मचारीहरुलाई खोपको व्यवस्था गर्न आग्रह गरेको प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले नागरिक अनलाइनलाइ जानकारी दिए ।
टोलीमा संघका वरिष्ठ उपाध्यक्ष माधब प्रसाद पौडेल, द्वितीय उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, महासचिव जिवकान्त काप्mले र प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीको सहभागिता थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)