Logo बिहिवार, आश्विन १ गते २०८३
images

आज साउने साेमबार मुक्तिनाथधाममा बिहानैदेखि श्रद्धालुहरुको भीड (फाेटाेकथा)

आज साउने साेमबार मुक्तिनाथधाममा बिहानैदेखि श्रद्धालुहरुको भीड (फाेटाेकथा)

  • 4.8K
    SHARES

  • आज साउने साेमबार मुक्तिनाथधाममा बिहानैदेखि श्रद्धालुहरुको भीड (फाेटाेकथा)

    बुटवल,साउन ४-

    आज साउन महिनाको पहिलाे सोमबार । हिन्दुहरुको धार्मिकस्थलहरुमा बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ ।  कोरोनाभाइरस महामारीबीच पनि भक्तजनहरुको भीड उल्लेख्य रहेको छ ।

    सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेर दक्षिणायन शुरु भएको महिना साउन भगवान् शिवको प्रिय महिना मानिन्छ । भगवान् शिवले सूर्य र चन्द्र दुवैलाई धारण गरेकाले चन्द्रशेखर पनि भनिन्छ । चन्द्रशेखर भगवान् शिवका हजार नाममध्ये एक हो ।

    arati muktinath dham.jpgबुटवल १२ नयाँगाउँमा रहेको मुक्तिनाथधाममा बिहानैदेखि श्रद्धालुहरुको भीड लागेको छ । धाममा बिधिपूर्वक आरती,जलार्पण, रुद्राभिषेक, भजनकृतन गरिने भएकाले श्रद्धालुहरुको भीड बढेको धामका प्रमुख संरक्षक स्वामी लाेकानन्दले बताउनुभयाे ।

    उहाँले भाैतिक दुरी कायम गरेरै धाममा पूजापाठको ब्यबस्था मिलाइएको जानकारी दिनुभयाे ।mandir muktinath.jpg

    भगवान् शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको छ ।  यसो गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

    साउने सोमबारको व्रत दाम्पत्य जीवन, पारिवारिक एवं सन्तान र परिवारको कल्याण तथा सुख शान्तिका लागि पुरुष महिला दुवैले गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।

    muktinath.jpg

    मानव शरीर पृथ्वी, जल, तेज, वायु र आकाश गरी पञ्चत्वले बनेको छ । यसमध्येमा पृथ्वी तत्व शरीरमा धेरै हुन्छ । यसैले पृथ्वीमा हरियाली छाएका बेला मानिसले पनि हरियो पहिरन लगाएर साउने सोमबार मनाउने गर्छन् । यसो गरेमा प्रकृतिसँगको तादात्म्यता प्राप्त हुने धार्मिक विश्वाससमेत छ ।

    arati.jpgbaburam.jpeg

    muktinath.jpg

    puja mandir.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology