Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत,पक्षमा १६५ सांसदको भाेट

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत,पक्षमा १६५ सांसदको भाेट

  • 4.1K
    SHARES

  • प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत,पक्षमा १६५ सांसदको भाेट

    बुटवल,साउन ३-

    प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । उनको पक्षमा १६५ मत परेको छ भने उनको बिपक्षमा ८३ मत परेको हो । उनी पाँचौ पटक नेपालको प्रधानमन्त्री भएका हुन् ।

    उपस्थिति २४९ सांसदहरु मध्ये १ जनाले मात्रै तटस्थमा मत जाहेर गरेका छन् । प्रधानमन्त्री देउवाको पक्षमा काँग्रेससहित माओवादी केन्द्र, जसपाका दुवै पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरेका थिए । त्यस्तै प्रस्तावको विपक्षमा एमालेका सांसदले मतदान गरेका थिए ।

    एमालेका माधव नेपाल पक्षका केही सांसद तटस्थ बसेका थिए भने माधव नेपालसहित केही एमालेले नेताले देउवालाई मत दिएका थिए ।  केपी ओली पक्षकै सांसदहरू प्रेम आले र किसान श्रेष्ठ लगायतले देउवाको पक्षमा मतदान गरेका थिए ।

    यी खबरहरु पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology