Logo बुधवार, श्रावण १३ गते २०८३
images

थप १८०१ जनामा संक्रमण पुष्टि,२३ जनाको मृत्यु

थप १८०१ जनामा संक्रमण पुष्टि,२३ जनाको मृत्यु

  • 2.3K
    SHARES

  • थप १८०१ जनामा संक्रमण पुष्टि,२३ जनाको मृत्यु

    बुटवल,साउन ३-

    पछिल्लो २४ घण्टामा नेपालमा थप १८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ९६२८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १२२३ जना र एन्टिजेन विधिबाट ५७८ जनामा संक्रमण पुष्टि भएको हो । 

    यही अवधिमा थप १६६७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख ३२ हजार ७४ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९.४‍७ प्रतिशत रहेको छ । देशभर २२ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ५६१ जना आईसीयूमा छन् भन् १६५ जना भेन्टिलेटरमा रहेका छन् ।

    त्यस्तै, कोभिड–१९ को संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ५५० जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ को मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology