Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीमा ५१ जना काेराेना संक्रमित थपिए,बुटवलमा मात्रै ३३ जना

रुपन्देहीमा ५१ जना काेराेना संक्रमित थपिए,बुटवलमा मात्रै ३३ जना

  • 3.2K
    SHARES

  • रुपन्देहीमा ५१ जना काेराेना संक्रमित थपिए,बुटवलमा मात्रै ३३ जना

    बुटवल,असाेज ६- 

    पछिल्लो २४ घण्टामा रुपन्देहीमा ५१ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालय रुपन्देहीको पछिल्लो तथ्यांक अनुसार १९ जना महिला र ३६ जना पुरुष गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो ।मंगलबार थपिएका मध्ये सबैभन्दा धेरै बुटवल उपमहानगरपालिका रहेका छन् ।

    बुटवलमा १२ जना महिला र २१ जना पुरुष संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।यस्तै सिद्धार्थनगर नगरपालिकामा ३ महिला र ४ जना पुरुष संक्रमित भएका छन् भने तिलोत्तमा नगरपालिकामा ३ महिला र ४ पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

    यसैगरी सैनामैना नगरपालिकामा १ जना महिला र २ जना पुरुष एवं देवदह नगरपालिकाका १ जना पुरुषलाई संक्रमण देखिएको छ ।यससंगै जिल्लाभर अहिलेसम्म संक्रमित हुनेको संख्या २ हजार १२७ पुगेको छ ।

    रुपन्देहीमा हालसम्म २१ जना संक्रमितको मृत्यु भएको छ । यस्तै, १ हजार ३३९ जना संक्रमित निको भएर घर फर्किएका छन् । मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ७८८ रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology