Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नीलमको सांस्कृतिक उपन्यास ‘द्रौपदी अवशेष’ सार्वजनिक

नीलमको सांस्कृतिक उपन्यास ‘द्रौपदी अवशेष’ सार्वजनिक

  • 4.3K
    SHARES

  • नीलमको सांस्कृतिक उपन्यास ‘द्रौपदी अवशेष’ सार्वजनिक

    बुटवल,साउन २-

    नीलम कार्की निहारिकाद्वारा लिखित उपन्यास ‘द्रौपदी अवशेष’  सार्वजनिक भएको छ । ‘द्रौपदी अवशेष’ उपन्यासको औपचारिक विमोचन शुक्रबार हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङलगायत स्थानीयको उपस्थितिमा भएको हो ।

    उपन्यास हुम्लाको उच्च हिमाली भेगमा बहुपति प्रथामा आधारित रहेको लेखकले बताएकी छिन् । द्रौपदी अवशेष एक सांस्कृतिक उपन्यास भएको प्रकाशकले जनाएको छ ।

    लेखक नीलमले नागरिक अनलाइनसंग भनिन् -बहुपति प्रथामा आधारित उपन्यास हाे,सबैले माया गरिदिनुहाेला । उनले भनिन् -जुन माटोको कथा थियो त्यही लोकार्पण भएकोमा म निकै खुसी छु । स्थानीयको साथ सहयोग यो उपन्यास लेख्ने सन्दर्भमा पनि धेरै पाएको छु, र यसलाई त्यही भूमिमा सार्वजनिक गर्न सहयोग गर्नुहुने सबैमा आभार प्रकट गर्दछु । हुम्लामा हिमपातको कारण मेरा पात्र हुम्लाबाट नेपालगन्जका लागि जहाज चढ्न नसकेको एक दृश्य पुस्तकमा छ ।

    हुम्लामा पानी परिरहेको कारण नेपालगन्जबाट हुम्लाको लागि जहाज नउडेको हुँदा पुस्तक दुई दिन ढिला गरि हुम्ला पुगेको आजको यथार्थ हो । यही यस्तै यथार्थ सँगसँगै समाज अघि बढिरहेको छ । बहुपति प्रथा एक संस्कृति हो । भौगोलिक जटिलतासँग पनि प्रत्यक्ष-परोक्ष सम्बन्ध रहेको छ । यही संस्कृतिलाई आख्यामार्फत पाठकसामु पुर्याौउने मेरो प्रयास हो – द्रौपदी अवशेष ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology