Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कोरा च्यालेन्जमा साइक्लिस्टहरुले लगाए बुटवल-तिलाेत्तमाको एक फन्को

कोरा च्यालेन्जमा साइक्लिस्टहरुले लगाए बुटवल-तिलाेत्तमाको एक फन्को

  • 3.8K
    SHARES

  • कोरा च्यालेन्जमा साइक्लिस्टहरुले लगाए बुटवल-तिलाेत्तमाको एक फन्को

    बुटवल,साउन २-

    बुटवलमा कोरा च्यालेन्ज सम्पन्न भएको छ । रुपन्देहीका धार्मिक क्षेत्रहरुको अबलोकन तथा प्रचार-प्रसार गर्ने उद्धेश्यसहित कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम शुभारम्भ गर्दै बुटबल उपमहानगरका नगर खेलकुद बिकास समितीका अध्यक्ष नन्दु काउचाले उपमहानगरले छुट्टै साइकिल ल्याण्ड निर्माणका लागि बजेटको व्यवस्था गरेको जानकारी गराए । 

    रुपन्देही जिल्ला साइक्लिङ्ग संघका अध्यक्ष पुकार थापाले कोरा साईक्लिङ्गहरुका लागि एउटा चाड भएको बताए ।  रमाईलो खेल रहेको बताउँदै उनले यसपाली कोरोनाका कारण विशेष बनाउन नसकिएको उल्लेख गरे ।

    कार्यक्रममा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटबलका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डे, लायन्स क्लब अफ बुटबल खसौलीका बिष्णु उपाध्याय, वरिष्ठ उपाध्यक्ष धिरेन्द्र तुलाधर,सचिब अशोक राई, कोराकी संयोजक एक्कु कुमारी थापाले लगायतले बोलेका थिए ।

    रुपन्देही जिल्ला साईक्लिङ संघले आयोजना गरेको कोरा बुटवल हाटबजारबाट शुरु भएको थियो । कोरामा रुपन्देही र नवलपरासीका ८५ साइक्लिष्टहरुको सहभागिता थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology