बुटवल,साउन २-
रूपन्देहीमा २१ जना नयाँ संक्रमित फेला परेका छन्। पछिल्लो २४ घण्टाको अवधिमा २१९ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
२४ घण्टामा ३३ जना संक्रमणमुक्त भएका छन् भने कसैकाे पनि ज्यान गएकाे छैन । २४ घण्टामा बुटवल उपमहानगरपालिकामा ८ जना, तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा ४-४ जना, देवदह मा २ जना, सैनामैना नगरपालिका, सियारी गाउँपालिका र कञ्चन गाउँपालिकामा १–१ संक्रमित थपिएका छन् ।
हालसम्म जिल्लामा ५०५ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ३२९ छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)