Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पाल्पामा ट्याक्टरमाथि पहिरो खस्दा एक जनाको मृत्यु

पाल्पामा ट्याक्टरमाथि पहिरो खस्दा एक जनाको मृत्यु

  • 3.4K
    SHARES

  • पाल्पामा  ट्याक्टरमाथि पहिरो खस्दा एक जनाको मृत्यु

    बुटवल,साउन २ -

    पाल्पामा ट्याक्टरमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका-६ डुम्रेको कच्ची सडकमा फसेको लु४त ६६२९ नम्बरको ट्याक्टर निकाल्ने क्रममा पहिरो खस्दा सहचालक बर्दियाका २७ वर्षीय मुमलाल पुनको मृत्यु भएको हो ।

    पहिरोमा परेर गम्भीर घाइते भएका सहचालक पुनको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

    साे ट्याक्टर डुम्रेबाट होलीघाटतर्फ ढुङ्गा बोकेर जाँदै गर्दा हिलोमा फसेको थियो । ट्याक्टर फसेपछि लु१क २४९७ नम्वरको जेसिबीले निकाल्ने क्रममा अचानक माथिबाट खसेको पहिरोले ट्याक्टर र जेसीबी पुरिँदा जेसीबी चालक पाल्पा रैनादेवी छहरा गाउँपालिका-१ का २० वर्षीय सरोज बुढा घाइते भएका छन् ।

    घाइतेको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology