Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाली काँग्रेस संसदीय दलको बैठक २ बजे बस्दै

नेपाली काँग्रेस संसदीय दलको बैठक २ बजे बस्दै

  • 3.1K
    SHARES

  • नेपाली काँग्रेस संसदीय दलको बैठक २ बजे बस्दै

    बुटवल,साउन २-

    सत्तारूढ नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ।  आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बैठक बोलाइएको काँग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

    काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक काँग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो।

    भोलि अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकका सन्दर्भ छलफल गर्न संसदीय दलको बैठक बोलाइएको भुसालको भनाइ छ  । बैठक विश्वासको मत, सरकारको प्रभावकारिता र मन्त्री छनोट लगायतका विषयमा पनि छलफल हुनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology