Logo बिहिवार, आश्विन १ गते २०८३
images

नयाँगाउँ खानेपानी तथा सरसफाइ संस्थाको मूल प्रबेशद्वार निर्माण

नयाँगाउँ खानेपानी तथा सरसफाइ संस्थाको मूल प्रबेशद्वार निर्माण

  • 3.3K
    SHARES

  • नयाँगाउँ खानेपानी तथा सरसफाइ संस्थाको मूल प्रबेशद्वार निर्माण

    बुटवल,साउन १-

    बुटवल १२ मा रहेको नयागांउ खानेपानी तथा सरसफाइ संस्थाको मूल प्रबेशद्वार निर्माण गरिएको छ ।

    स्थानीय यमबहादुर सुवेदी र मैया सुवेदीले आफ्ना स्वर्गीय पितृहरुको सम्झनामा १ लाख ५० हजार बराबरको लगानीमा सो प्रबेशद्वार निर्माण गरिदिनुभएको हो । आज एक समारोहका बिच सो प्रबेशद्वारको उद्घाटन गरिएको छ ।

    नयागांउ खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष रमा केसीले रिबन काटेर उद्घाटन गर्नुभएको हो । सो अबसरमा बोल्दै उहाले समाजसेवाका लागि सानो सानो काम गरेर पनि शुरु गर्न सकिने बताउनुभयो । 

    खानेपानी संस्थाका उपाध्यक्ष मिना जिसिको स्वागत तथा सचिब ओम भट्टराईको संचालनमा भएको कार्यक्रममा सल्लाहकार घनलाल बस्याल,कोषाध्यक्ष लालबहादुर गुरूङ,सरसफाइ अनुगमन संयोजक मधुकला कुवर,सल्लाहकार तुलसी भण्डारी ,दाता यमबहादुर सुवेदी लगायतले बोल्दै सबैको सहकार्यले मात्रै समाज रुपान्तरण गर्न सकिने बताएका थिए ।

    नयागांउ खानेपानी तथा सरसफाइ संस्थाले नमुना सरसफाइ अभियान समेत चलाइरहेको छ ।

    nayagaun pani gate.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology