बुटवल,साउन १-
पछिल्लो २४ घण्टामा देशभर २९३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४३ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ जनामा परीक्षण गर्दा सो २९३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा १७७५ जनामा संक्रमणमुक्त भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट भएको परीक्षणमा ६ लाख ६४ हजार ५७६ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ४७ हजार ७ सय ९७ पुगेको छ । यस्तै हालसम्म निको हुनेको कुल संख्या ६ लाख २८ हजार २४३ पुगेको छ । यस्तै मृतकको कुल संख्या ९ हजार ५०६ पुगेको छ ।
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३६ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा २९६ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा २८ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपालिकामा १८ जना, बुटवल उपमहानगरपालिकामा ७ जना, देवदह नगरपालिकामा ४ जना, सिद्धार्थनगर नगरपालिका र शुद्धोधन गाउँपालिकामा २–२ जना, सैनामैना नगरपालिका,ओमसतिया गाउँपालिका र कञ्चन गाउँपालिकामा १–१ संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छ ।
हालसम्म जिल्लामा ५०५ जनाको कोरोनाबाट मृत्यु भएको छ । रुपन्देहीमा संक्रिय कोरोना संक्रमितको संख्या ३४१ रहेको छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)