Logo बिहिवार, आश्विन १ गते २०८३
images

सर्वोच्चको फैसलाको भण्डाफोर गर्ने एमाले संसदीय दलको निर्णय

सर्वोच्चको फैसलाको भण्डाफोर गर्ने एमाले संसदीय दलको निर्णय

  • 2.7K
    SHARES

  • सर्वोच्चको फैसलाको भण्डाफोर गर्ने एमाले संसदीय दलको निर्णय

    बुटवल,साउन १-  

    नेकपा एमाले संसदीय दलको बैठकले सर्वोच्च अदालतले गरेको संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेशको भण्डाफोर गर्ने निर्णय गरेको छ।

    संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा शुक्रबार बसेको संसदीय दलको बैठकले सर्वोच्च अदालतले दलीय व्यवस्था र लोकतन्त्रको उपहास गर्दै मुलुकलाई निर्दलीय व्यवस्थातिर धकेल्ने गरी फैसला गरेको ठहर गर्दै जनतामाझ गएर भण्डाफोर गर्ने निर्णय गरेको हो।

    पूर्व प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सर्वोच्चका फैसलामा आपत्ति प्रकट गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।बैठकले सर्वोच्च अदालतलको संवैधानिक इजलासले संविधानका धारा र उपधाराको अपव्याख्या गर्दै जनमतलाई बेवास्ता गरी देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको ठहर गरेको उनले बताए।

    साथै बैठकले सबै नेपालीलाई कोरोनाविरुद्धको खोप पुर्‍याउन सरकारलाई दबाब दिने र बाढी पहिरोका घटनाका मृतकको परिवारलाई राहत र घाइतेको उपचारका लागि सरकारसँग माग गर्ने निर्णय पनि गरेको उनले बताए।

    माधव नेपाल पक्षका सांसदहरु सहभागी नभएको संसदीय दलको बैठकले अर्को संसदीय दलको बैठकमा आज सहभागी नभएका सांसदहरुलाई पनि उपस्थित हुने वातावरण सिर्जना गर्ने निर्णय गरेको उनले बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology