Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशमा बजेट : सदनमा फेल हुने भएपछि अध्यादेशको बाटाे !

लुम्बिनी प्रदेशमा बजेट : सदनमा फेल हुने भएपछि अध्यादेशको बाटाे !

  • 4.5K
    SHARES

  • लुम्बिनी प्रदेशमा बजेट : सदनमा फेल हुने भएपछि अध्यादेशको बाटाे !

    बुटवल,साउन १-

    लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ ।

    प्रदेश सरकारको सिफारिसमा लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले २ वटा अध्यादेश जारी गरेपछि सरकारलाई अध्यादेशबाट बजेट ल्याउन बाटो खुलेको हो । सरकारले सदनमा पेश गरेको बजेटलाई नै अध्यादेशमार्फत जस्ताको तस्तै ल्याइएको आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए ।

    आज बिहान बसेको मन्त्रिपरिषद बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख यादवले लुम्बिनी प्रदेश विनियोजन अध्यादेश, २०७८ र लुम्बिनी प्रदेश आर्थिक अध्यादेश जारी गरेका हुन् ।

    प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्रिपरिषदको सिफारिसमा बिहीबार मध्यरातिदेखि प्रदेशसभा अधिवेशन अन्त्य गरेका प्रदेश प्रमुखकको कार्यालयका उपसचिव चिरन्जीवी पौडेलले जानकारी दिए ।

    बजेट पारित नभएकाले शुक्रबारदेखि लुम्बिनी प्रदेशमा राज्यकोषबाट कुनै पनि रकम खर्च गर्न मिल्दैन । यद्यपि प्रदेशसभा अधिवेशन अन्त्य गरेर सरकारले अब अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरेको छ ।

    लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री पोखरेल अल्पमतमा छन् । उनीविरुद्ध विपक्षी गठबन्धनले पटक–पटक अविश्वास प्रस्ताव दर्ता गराए पनि उनले छल्दै आएका छन् ।

    ८३ सदस्यीय प्रदेश लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४२ सांसद चाहिन्छ । तर, एमालेका ३८ र जसपाका तीन जना गरी सत्तापक्षमा ४१ जना सांसद छन् । विपक्षमा पनि कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुख बाहेक), जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ जना नै सांसद छन् ।

    लुम्बिनीका सभामुख घर्ती माओवादी केन्द्र तर्फका हुन् ।

    शुक्रबार सहमतिमा बजेट पास गर्न विपक्षीलाई गरेको आग्रह तथा थप समय माग्दा विपक्षीले नदिएपछि एमालेले सदन बहिस्कार गरेर बाहिरिएको थियो ।

    PRAMUKH.jpg

    सरकारले बिहीबार राती नै बजेट अधिवेशन अन्त्य गरेको छ भने शुक्रबार बिहानै २ वटा अध्यादेश जारी गरेको छ ।प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीका अनुसार राजकाज नै नचल्ने गरी अवरोध आए पछि अध्यादेश ल्याउनुपरेको बताए । उनले आजैबाट प्रदेशभरी भैपरि आउने खर्च र उठाउनुपर्ने राजश्व नै अन्यौलमा पर्ने अवस्था आएपछि अध्यादेश ल्याउनुपरेको बताए ।

    प्रदेशसभामा बजेट पास हुने अवस्था नदेखेपछि विहीबारसत्तापक्ष एमालेले प्रदेशसभा बैठक बहिस्कार गरेको थियो । बजेटका सम्बन्धमा छलफलका सबै प्रक्रिया पुरा गरेर मतदानको चरणमा प्रवेश गर्नुअघि प्रदेश सरकारका मन्त्रीहरु र सांसदहरुले बैठक छाडेर हिँडेपछि आज १ बजेसम्मका लागि सभामुख पूर्णबहादुर घर्तीले बैठक सारेका थिए ।

    सरकारले दिउँसो २ बजे पत्रकार सम्मेलन थप जानकारी दिएकाे छ । 

    P5.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology