बुटवल,असार ३१-
रूपन्देही जिल्ला साइक्लिङ संघको आयोजनामा ‘बुटवल कोरा’ हुने भएको छ।
साइक्लिीङ मार्फत प्रदूषण मुक्त सहर बनाउने र स्वस्थ हुने उद्देश्यले साइक्लिीङ गर्दै आएका युवा युबती बालबालीकाहरूलाई कोरा बुटबलको आयोजना मार्फत प्रतिष्पर्धा गराउन लागिएको आज बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।
मानिसलाई स्वस्थ बनाउमा महत्वपूर्ण भुमिका खेल्ने जिल्ला साईक्लिड सँघका जिल्ला अध्यक्ष पुकार थापाले बताए ।विगतका वर्षमा पनि प्रतियोगीता आयोजना गरिएको र यो बर्ष पनि निरन्तरता दिइएको सचिब अशोक राइले बताए । पत्रकार सम्मेलनमा कोराका लागि तयार पारिएको टिसर्ट सार्बजनिक गरिएको छ ।
सो अबसरमा संघका बरिष्ठ उपाध्यक्ष धिरेन तुलाधर,कार्यक्रम संयोजक एक्कु कुमारी थापा लगायतले बोलेका थिए ।सो कोरा बुटवल खेलकुद बिकास समिति हाटबजारबाट शुरुभइ,गोलपाक,तिलोत्तमा ,बनबाटीका मणिग्राम हुदै बुटवलदेबिनगर हुदै हाटबजारमा पुगेर समापन हुनेछ ।
८० जना सहभागि हुने प्रतियोगिताका लागि १ लाख ३० हजार खर्च अनुमान गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)