Logo बिहिवार, आश्विन १ गते २०८३
images

जीपी कोईराला स्मृति पत्रकारिता पुरस्कारका लागि पाण्डेको संयाेजकत्वमा छनाेट समिति

जीपी कोईराला स्मृति पत्रकारिता पुरस्कारका लागि पाण्डेको संयाेजकत्वमा छनाेट समिति

  • 2.6K
    SHARES

  • जीपी कोईराला स्मृति पत्रकारिता पुरस्कारका लागि पाण्डेको संयाेजकत्वमा छनाेट समिति

    बुटवल,असार ३१-

    नेपाल प्रेस युनियन रुपन्देहीले ‘गिरिजाप्रसाद कोईराला स्मृति पत्रकारिता पुरस्कार’वितरण गर्ने भएको छ । त्यसका लागि छनौट समिति गठन गरेको हाे । युनियनको बिहीबार बुटवलमा बसेको बैठकले सल्लाहकार छवि पाण्डेको संयोजकत्वमा छनौट समिति गठन गरेको हो ।

    नेपाली काँग्रेसका संस्थापक नेता, पूर्व सभापत एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको निधनपछि युनियनले रुपन्देही जिल्लालाई कर्मथलो बनाएर लोकतन्त्रको पक्षमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्नेगरी ‘गिरिजाप्रसाद कोईराला स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको थियो ।

    युनियनका तत्कालिन सभापति रामराज पोख्रेलको पालामा स्थापना गरिएको उक्त पुरस्कारबाट हालसम्म खिमानन्द भट्टराई, यमलाल भुसाल र छवी पाण्डे सम्मानित भईसक्नु भएको छ ।

    अघिल्लो पटक सम्मानित पत्रकार संयोजक रहनेगरी बनेको पुरस्कार छनौट कार्यबिधि अनुसार गठित छनौट समितिको संयोजकमा पाण्डेलाई चयन गरिएको हो । बैठकले तीन सदस्यीय समितिको सदस्यहरुमा युनियन रुपन्देहीकी सभापति रेखा भुसाल र यमलाल भुसाललाई चयन गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology