Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बालुवाटार जग्गा प्रकरण : विशेष अदालतमा १० लाख धरौटी बुझाएर छुटे विजयकुमार गच्छदार

बालुवाटार जग्गा प्रकरण : विशेष अदालतमा १० लाख धरौटी बुझाएर छुटे विजयकुमार गच्छदार

  • 3.1K
    SHARES

  • बालुवाटार जग्गा प्रकरण : विशेष अदालतमा १० लाख धरौटी बुझाएर छुटे विजयकुमार गच्छदार

    बुटवल,असार २९-

    बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार धरौटी बुझाएर रिहा भएका छन् ।

    उनी विशेष अदालतमा बुधबार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    लामो समय फरार रहेका उनी बुधबार विशेष अदालतमा हाजिर भएका थिए । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले गच्छदारलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

    विशेष अदालतबाट रिहा भएपछि नेता गच्छदारले आफूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोधपूर्ण रुपमा अभियोग लगाएको बताए । उनले आफू कानुनको शासनमा विश्वास गर्ने व्यक्ति भएकाले अदालतमा हाजिर भएको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology