बुटवल,असार २९ -
नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले बुधबार कार्यभार सम्हालेका छन् ।
उनले मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।मंगलबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरे पनि उनले मन्त्रीको कार्यभार सम्हालेका थिएनन् ।
बुधबार नै ऊर्जा मन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले पनि बुधबार नै पदभार ग्रहण गरेका छन् । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने मंगलबार नै पदभार ग्रहण गरेका थिए ।
नवनियुक्त गृहमन्त्री खाँडले नेपाली जनताको जीवन रक्षा आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)