बुटवल,असाेज ६-
गुल्मीको इस्मा गाउँपालिका २ हस्तिचौर रातचौरको स्यालामा सोमवार राती गएको पहिरोमा पुरिएर वेपत्ता बनेका २ जना मृत अवस्थामा फेला परेका छन् ।
पहिरोमा पुरिएर वेपत्ता वनेका ईस्मा गाउँपालिका २ रातामाटाका ३९ बर्षका प्रेम बहादुर कुमाल र स्थानीय ५ वर्षका सफल कुमालको शव मंगलवार विहान फेला परेको हो ।
पहिरोमा पुरिएर सोमबार रातीदेखि दुवै जना वेपत्ता बनेका थिए । वेपत्ता दुवै जनाको खोजीकार्य गर्ने क्रममा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई मृत अवस्था फेला पारेको ससस्त्र प्रहरी नायव उपरिक्षक अशोक कुमार लम्सालले छ ।
सडकमा हिड्दै गरेको अवस्थामा सडक माथिवाट ठूलो पहिरो खस्दा दुवै जना पहिरोमा पुरिएर वेपत्ता बनेका थिए । पहिरोमा परेर स्थानीय तिलक कुमाल समेत घाईते भएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)