Logo बिहिवार, आश्विन १ गते २०८३
images

देशभर थप २,३९८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु,रुपन्देहीमा २२ संक्रमित थपिए

देशभर थप २,३९८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु,रुपन्देहीमा २२ संक्रमित थपिए

  • 2.4K
    SHARES

  • देशभर थप २,३९८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु,रुपन्देहीमा २२ संक्रमित थपिए

    बुटवल,असार २९ -

    नेपालमा पछिल्लो २४ घण्टामा २,३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५८ जनामा गरिएको पीसीआर परीक्षणमा १६३९ र ३९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी २,३९८ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०७८ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको हाे ।

    कुन जिल्लामा कति संक्रमित  ?

    मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४१०, झापामा १४८, कास्कीमा १४६, सुनसरीमा १११ र ललितपुरमा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै भक्तपुरमा ८०, मोरङ र नुवाकोटमा ६०-६० जना, चितवनमा ५३, दोलखामा ४५, कञ्‍चनपुरमा ३५, मकवानपुरमा ३१, कैलालीमा २९, काभ्रेपलाञ्चोमा २३, रुपन्देही र सल्यानमा २२-२२ जनामा कोरोना संक्रमित थपिएका छन् ।

    नवलपरासी पूर्व, बागलुङ र सुर्खेतमा २१-२१ जना, पाल्पामा २०, धादिङ र तनहुँमा १४-१४ जना, बारामा १२ र स्याङजामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology