Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘गैर संवैधानिक परमादेश खारेज गर’भन्दै बुटवलमा युवा संघद्वारा विरोध प्रदर्शन

‘गैर संवैधानिक परमादेश खारेज गर’भन्दै बुटवलमा युवा संघद्वारा विरोध प्रदर्शन

  • 2.0K
    SHARES

  • ‘गैर संवैधानिक परमादेश खारेज गर’भन्दै बुटवलमा युवा संघद्वारा विरोध प्रदर्शन

    बुटवल,असार २८-

    सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय वदर गरे लगत्तै सत्तारुढ दल एमालेको भातृ संगठन युवा संघले अदालतको निर्णयको विरोधमा बुटवलमा विरोध प्रदर्शन गरेको छ । नेकपा एमालेको युवा संघले ‘गैर संवैधानिक परमादेश खारेज गर’भन्दै विरोध प्रदर्शन गरेको हो ।

    सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनःस्थापना गरे पछि विपक्षी गठबन्धनमा रहेका ५ दलले समर्थन र सरकार पक्षले असन्तुष्टि व्यक्त गरेका छन् ।

    सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्री ओली गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरी शेर बहादुर देउवालाई २८ घण्टाभित्रमा प्रधानमन्त्रीमा नियुक्ति गर्न पमादेश जारी गरेको छ । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology