Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोश्रो टर्मिनल भवन निर्माणको तयारी,प्रस्तावित डिजाइन सहित

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोश्रो टर्मिनल भवन निर्माणको तयारी,प्रस्तावित डिजाइन सहित

  • 3.8K
    SHARES

  • भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोश्रो टर्मिनल भवन निर्माणको तयारी,प्रस्तावित डिजाइन सहित

    बुटवल,असाेज ६-

    रुपन्देहीकाे भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पहिलाे चरणकाे काम अन्तिम चरणमा पुगेसंगै दोश्रो टर्मिनल भवनको निर्माणको तयारी पनि सुरु भएको छ । 

     विमानस्थल आयोजनाको पहिलो चरणको परियोजना अन्तरगत ९२.५ प्रतिशत भौतिक काम सम्पन्न भएको भैरहवा विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले नागरिक अनलाइनलाइ जानकारी दिए ।Gautam_Budda_Bimansthal_bhwa.jpg

    उनका अनुसार अब बाँकी काम चिनियाँ दक्ष तथा प्राविधिक र इन्जिनियरको पर्खाइका कारण रोकिएको छ । अब उपकरण जडानका कामहरु हुनेछन् ।

    उपकरण विमानस्थल निर्माण क्षेत्रमा आईसकेका छन् । तर, त्यसको जडानमा चिनियाँ प्राविधिक आउनु पर्ने तर नेपालमा विदेशी नागरिकका लागि लागेको यात्रा प्रतिवन्धका कारण उनीहरु आउन सकेका छैनन् ।

    आयोजना प्रमुख अधिकारीका अनुसार ३५ जना यस्ता दक्ष कामदार तथा इन्जिनियरलाई नेपाल ल्याउन आवश्यक कागजातसहित सम्बन्धित निकायमा पत्राचार भइसकेको छ । उता, पर्यटन मन्त्री भट्टराई पनि यो आयोजनाका लागि रोकिएको कामदार ल्याउन संकट व्यवस्थापन केन्द्रको सिफारिस माग्दै प्रस्ताव गरिसकेका छन् ।

    विमानस्थलको मूख्य संरचना ३ हजार धावनमार्ग, ट्याक्सी-वे तथा एप्रोनको सिभिलतर्फको काम पुरा भएको छ । यी संरचनामा विद्यूतीकरणको काम भने अहिले पनि जारी रहेको आयोजना प्रमुख अधिकारीले उल्लेख गरेका छन् ।

    अन्तर्राष्ट्रिय टर्मिनल भवन-१, प्रशासनिक भवन, अग्नि निवारण भवन तथा कन्ट्रोल टावर निर्माणको काम पनि पुरा भएको छ । यी संरचनामा अहिले इन्टेरियर, उपकरण जडान र फिनिसिङका काम जारी छन् ।

    विमानस्थललाई सुरक्षित बनाउन तारबारले गर्ने, घेर्ने तथा नाला लगाई व्यवस्थित गर्ने काम अहिले भइरहेको छ । यस आधारमा भौतिक संरचना ९२।५ प्रतिशत पुगेको छ ।

    आयोजना प्रमुख अधिकारीका अनुसार अब उपकरण जडानका काम बाँकी छन् । त्यसका लागि उपकरण आयोजना स्थलमा आइसकेका छन् । यसअघि लकडाउनको बीचमा यी उपकरण समेत भन्सारमा रोकिएका थिए ।

    ती उपकरण जडानपूर्व तयार हुनुपर्ने भौतिक संरचना बनिरहेको छ । विदेशी इन्जिनियर र प्राविधिक नेपाल आइसकेपछि ती उपकरण जडान हुने उनले जानकारी दिएका छन् । आयोजनाको वित्तीय प्रगति भने ६३ प्रतिशत पुगेको छ ।

    आयोजनाले उपलब्ध गराएको विवरणअनुसार लकडाउन सुरु भएयता भदौ २२ सम्म यो आयोजनाको भौतिक प्रगति ४.५ प्रतिशतले वृद्धि भएको हो । आयोजनामा लकडाउनकै बीचमा समेत २९ चिनियाँ नागरिकसहित २७५ जना कामदारले निरन्तर काम गरेका थिए । पेरिमिटर सडक, फेन्सिङ निर्माण, नाला बनाउने, धावनमार्गको वरपर खाली स्थानमा माटो भर्ने काम समेत यही बीचमा सम्पन्न भएको छ ।

    टर्मिनल भवनमा इन्टेरियरका काम पनि यही अवधिमा सुरु भएको उनले जानकारी दिए । उनका अनुसार अब कन्भेयर बेल्ट जडान, विद्यूतीय सामग्री र सूचना प्रविधिसँग सम्बन्धित उपकरण जडानको काम प्राविधिक आइसकेपछि प्रारम्भ हुने भएको छ ।

    यो आयोजना डिसेम्बर २०१७ मै सम्पन्न हुने गरी डिसेम्बर २०१४ बाट शुरु भएको हो । तर, त्यो अवधिमा ठेकेदार र पेटी ठेकेदारको झगडा, नदीजन्य निर्माण सामग्रीको अभाव, भूकम्प र नाकाबन्दीको असर समेतो कारण देखाउँदै आयोजनाको म्याद थपिँदै आएको छ ।

    गौतमबुद्ध विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । उपकरण जडानसहित दोस्रो चरणको काम भने एरोनटिकल रेडियो अफ थाइल्याण्डबाट भइरहेको छ ।

    यो विमानस्थल निर्माणमा एसियाली विकास बैंकको सहूलीयतपूर्ण ऋण सहयोग रहेको छ । यो विमानस्थल ६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैयाँ लागतमा निर्माण भइरहेको छ । तर, जग्गा अधिग्रहणका क्रममा भने यो विमानस्थलमा ठूलो रकम लगानी भइसकेको छ ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मागे सुझाव :yogesh.jpg

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमा प्रस्तावित डिजाइनका विकल्पसहित  ग्राफिक्सहरू राख्दै सुझाव समेत मागेका छन् ।टर्मिनलका विभिन्न प्रस्तावित डिजाइनमाथि सरकारले छलफल थालेको  छ ।

    थप १० वटा विमान पार्किङ गर्न सकिने गरी दोस्रो टर्मिनल भवन बनाउने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।पहिलो टर्मिनससँगैको यो टर्मिनल भवन पनि बन्नेछ । यसको डिजाइन परामर्शदाता कम्पनी आईसीटी एनएक्स स्लेटले गरिरहेको छ ।

     प्रस्तावित डिजाइन हेराैँ :bhairahawa airport 6.jpg

    bhairahawa airport 7.jpg

    bhairahawa airport 4.jpg

    bhairahawa airport.jpg

    bhairahawa airport2.jpgbhairahawa airport 5.jpg

    bhairahawa airport 5.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology