Logo बिहिवार, आश्विन १ गते २०८३
images

संयुक्त विद्यार्थी संगठनको निर्णय : भोलिदेखि आयल निगमका गाडी र ३० गतेदेखि पेट्रोल पम्पसंगै ट्याङ्कर बन्द !

संयुक्त विद्यार्थी संगठनको निर्णय : भोलिदेखि आयल निगमका गाडी र ३० गतेदेखि पेट्रोल पम्पसंगै ट्याङ्कर बन्द !

  • 5.3K
    SHARES

  • संयुक्त विद्यार्थी संगठनको निर्णय : भोलिदेखि आयल निगमका गाडी र ३० गतेदेखि पेट्रोल पम्पसंगै ट्याङ्कर बन्द !

    बुटवल,असार २७-

    संयुक्त विद्यार्थी संगठनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन्  । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिका विरुद्ध विद्यार्थी संगठन आन्दोलित छन्। मूल्यवृद्धि फिर्ता गर्नको लागि नेपाल आयल निगमलाई दिइएको ७२ घण्टे अल्टिमेटमको बेवास्ता गरेको भन्दै संगठनले आइतबार आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो।

    घोषित कार्यक्रमहरुमा असार २८ गतेदेखि निगमका गाडीहरु चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने र असार ३० गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने रहेका छन्।

    यस्तै, संगठनले वायु सेवा निगमका कर्मचारीहरुको आन्दोलन र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनप्रति ऐक्यबद्धता समेत जनाएको अखिल छैठाैँका अध्यक्ष बिमल पाेखरेलले नागरिक अनलाइनलाई बताए ।press release.png

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology