Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२४ घण्टामा देशभर १८३१ जनामा कोरोना संक्रमण,२० जनाको मृत्यु

२४ घण्टामा देशभर १८३१ जनामा कोरोना संक्रमण,२० जनाको मृत्यु

  • 2.4K
    SHARES

  • २४ घण्टामा देशभर १८३१ जनामा कोरोना संक्रमण,२० जनाको मृत्यु

    बुटवल,असार २७-

    २४ घण्टामा देशभर १८३१ जना कोरोना संक्रमित थपिएका छन् भने २० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल ९ हजार २१८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। 

    पिसिआर विधिबाट ५ हजार ५३५ नमुना परीक्षण गर्दा १ हजार २३७ जनामा पोजेटिभ देखिएको हो भने एन्टिजेन विधिबाट ३ हजार ६८३ जनाको परीक्षण गर्दा ५९४ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।

    थपिएकासहित देशभर २६ हजार १७३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये १७५ जना भेन्टिलेटरको सहायतामा छन्। पिसिआर परीक्षण गर्नेमध्ये २२ प्रतिशतमा पोजेटिभ देखिने गरेको तथ्यांक छ। 

    त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ५३३ जना कोरोनाबाट निको भएका छन्।पछिल्लो २४ घण्टामा मृतक २० जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३८२ जनाको मृत्यु भएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology