बुटवल,असार २७-
पाल्पाको तिनाउ गाउँपालिकाको फेरि पहिराे खसेको छ । सिद्धबाबा क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो। विहान साढे १० बजेबाट सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
डिएसपी डिल्लीनारायण पाण्डेयले जानकारी दिए । यसैबीच पाल्पाको राम्दीमा पनि पहिरो जाँदा सडक अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा दुबैतर्फ सवारी साधनहरु अलपत्र परेका छन्।
यस अघि बुधबार रातिको बर्षासँगै तिनाउ गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो खस्दा ३ दिनसम्म सडक अवरुद्ध भएको थियो । ३ जनाको मृत्यु समेत भएको थियाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)