बुटवल,असार २६-
कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको बुटवलमा बिरोध प्रदर्शन भएको छ ।
शनिबार अस्पताललाइनमा कालीगण्डकी सरोकार समूहले विरोध प्रदर्शन गरेको हो। उनीहरूले कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनालाई जनविरोधी,सभ्यताविरोधी र पर्यावरण खल्बल्याउने भन्दै प्लेकार्ड समेत बाेकेर बिराेध जनाएका हुन् ।
प्रदर्शनकारीहरूले जनताको ‘आवाज यही हो ‘काली डाइभर्सन चाहिँदैन, पर्यावरण मास्न पाइँदैन’, ‘काली डाइभर्सन हुन दिदैँनौ लगायतका नारासमेत लगाएका थिए ।
बुटवल क्षेत्रका स्थानीय तथा राजनीतिक कार्यकर्ताको बाक्लाे सहभागितामा बिराेध जनाइएको पुष्पराज ढकालले नागरिक अनलाइनलाइ बताए ।
उनले नदीतटीय क्षेत्रमा यसले ठूलाे असर गर्ने भन्दै कदापि कालीगण्डकी डाइभर्सन गर्न नदिने बताए ।

यी पनि पढाैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)