Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मीको धुर्कोट-६ पूर्ण सरसफाईयुक्त घोषणा

गुल्मीको धुर्कोट-६ पूर्ण सरसफाईयुक्त घोषणा

  • 2.2K
    SHARES

  • गुल्मीको धुर्कोट-६ पूर्ण सरसफाईयुक्त घोषणा

    बुटवल,असार २६-

    गुल्मीको धुर्कोट गाउँपालिका –६ रजस्थल पूर्ण सरसफाईयुक्त वडा घोषणा भएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले वडाध्यक्ष कृष्ण नेपालीलाई पूर्ण सरसफाईयुक्त वडा भएको प्रमाण–पत्र हस्तान्तरण गरे ।

    गाउँपालिकामा पूर्ण सरसफाईयुक्त वडा घोषणा हुने रजस्थल पहिलो हो । पूर्ण सरसफाई कार्यक्रम गुल्मीमा ०७१ सालदेखि सुरु भएको हो । रजस्थलमा भने ०७३ सालदेखि उक्त परियोजना लागु भएको थियो । ०७३ सालमै रजस्थलका साविकका सातवडा वडा अर्थात हालका टोल पूर्ण सरसफाईयुक्त घोषणा भएका थिए ।

    असार १८ र १९ गते बाँकी दुई वटा टोल सरसफाईयुक्त घोषणा गरेसँगै सिङ्गो वडा नै पूर्ण सरसफाईयुक्त घोषणा गरेको गाउँपालिकाका वास संयोजक छविलाल विश्वकर्माले जानकारी दिए । रजस्थलले सरसफाईका लागि आवश्यक छ वटा सुचक पुरा गरेको छ ।

    जसको आधारमा रजस्थललाई पूर्ण सरसफाईयुक्त वडा घोषणा गरेको विश्वकर्माले बताए । पूर्ण सरसफाईयुक्त वडा घोषणा भएसँगै अब सार्वजनिक स्थान, विद्यालय, सरकारी कार्यालय लगायतका स्थानमा प्लास्टिक र प्लास्टिकजन्य वस्तु फाल्न पाइने छैन ।

    कार्यक्रमकै अवसरमा वास संयोजक विश्वकर्मा, वास सहजकर्ता लालमणी भण्डारी, वास प्राविधिक जगत पराजुली, रजस्थलका सबै महिला स्वास्थ्य स्वयम् सेविकाहरु, पूर्व वडा नागरिक मञ्चका संयोजकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेको अध्यक्ष पोखरेलले अब धुर्कोटका सबै वडालाई पूर्ण सरसफाईयुक्त वडा घोषणा गरिने जानकारी दिए ।

    dhurkot a.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology