बुटवल,असार २६-
पूर्वी नवलपरासीको कावासोतीमा अवरुद्ध पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ ।शनिबार दिउँसो १२ बजेतिरबाट पूर्वपश्चिम राजमार्ग दुई तर्फी नै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
बाढीले खोल्सामा पानी बढेपछि कावासोती थाना चोक नजिकै डिभिजन वन कार्यालयदेखि पश्चिमको सडक र कल्भर्ड पानीले बगाएको थियो ।
सडक विहीबार विहान ८ बजेदेखि अवरुद्ध भएको थियो शुक्रबार साँझदेखि एकतर्फी बाटो सञ्चालनमा आएको भए पनि शनिबार दिउँसो १२ बजेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)