Logo बुधवार, श्रावण १३ गते २०८३
images

रूपन्देहीमा २४ घण्टामा ३४ जनामा संक्रमण पुष्टि,हालसम्म ५०४ जनाको मृत्यु

रूपन्देहीमा २४ घण्टामा ३४ जनामा संक्रमण पुष्टि,हालसम्म ५०४ जनाको मृत्यु

  • 2.2K
    SHARES

  • रूपन्देहीमा २४ घण्टामा ३४ जनामा संक्रमण पुष्टि,हालसम्म ५०४ जनाको मृत्यु

    बुटवल,असार २६- 

    रूपन्देहीमा २४ घण्टामा थप ३४ जनामा संक्रमण पुष्टि भएको छ । १९१ जनाको परिक्षण गरिएको हो । सोही अवधीमा २१ जना संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १५, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकामा ७–७ जना, देवदह नगरपालिकामा २ जना, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिका र मायादेवी गाउँपालिकामा १–१ जना संक्रमित थपिएका छन् ।

    जिल्लामा कोरोनाबाट मृत्यु हुनेको ५०४ पुगेको छ । संक्रिय संक्रमितको संख्या ३७३ छ भने २४ घण्टामा रूपन्देहीमा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । 

    देशभर थप २१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,२२ जनाको मृत्यु 

    पछिल्लो २४ घण्टामा थप २१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५३० पीसीआर परीक्षणमा १३५३ र ३८८७ एन्टिजेन परीक्षणमा ८१६ जना गरी २१६९ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ पुगेको छ ।कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । शनिबारसम्म मृतक संख्या ९ हजार ३६२ पुगेको छ । पछिल्लो २४ घण्टामा १४३२ जना संक्रमणमुक्त भएका छन् र हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख १८ हजार ३६१ जना पुगेको छ ।

    कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २६ हजार ४८९ रहेको छ जसमध्ये २३ हजार ५३९ जना होम आइसोलेसनमा र २ हजार ९५० जना संस्थागत आइसोलेसनमा छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology