बुटवल,असार २६ ।
रोटरी क्लव अफ बुटवल डाउनटाउनको ८ सय ५५ औँ नियमित तथा पहिलो बोर्ड बैठक शुक्रबार सम्पन्न भएको छ। बैठकमा वर्ष २०२१र२०२२ का नवनिर्वाचित अध्यक्ष जबिन कक्षपतिले क्लबबाट भएका कार्यक्रमका बारे समीक्षा र आफ्नो कार्यकालमा विशेष परियोजनाहरुको तयारी बारे जानकारी गराएका थिए।
उनले क्लबबाट संचालन हुँदै आएको एम्बुलेन्सको आयब्याय सार्वजनिक गर्ने, भवनको तल्ला थप्ने र संस्थालाई क्रियाशिल बनाउने बताए। क्लवबाट ३ वटा ग्लोबल ग्रान्ट सहित ५० बढि परियोजना गर्ने तयारीमा रहेको उनले बताए। लुम्बिनी आयुर्वेद अस्पतालमा सामग्री सहयोग, आम्दा अस्पतालमा सामग्री सहयोग, हिलपार्कमा शुद्ध पिउनेपानी ब्यवस्थापन गर्ने गरि संयोजकहरु शिव ज्ञवाली, नर बहादुर श्रीष, राजेन्द्र ढकाल चयन गरिएको छ। वर्षभरि करीब ३८ लाख बराबरको खर्च हुने गरि बजेट अनुमान रहेको उनले बताए ।
साउन ४ गते सोमबार वृक्षारोपण र पद स्थापन गर्ने निर्णय भएको क्लबका सचिव बाबुराम बन्जाडेले बताए। रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटान जोन २० एजी जीवन अधिकारीले नियमित कामसंगै रचनात्मकता ल्याउन सुझाव दिए। ईन्कमिङ प्रेसिडेन्ट भरत काउचाले डाईरेक्टरी तयारी अन्तिम तयारीमा रहेको उनले बताए।
कार्यक्रममा निवर्तमान अध्यक्ष पंकज ज्ञवाली, क्लब मेन्टर भिमराज श्रेष्ठ, पुर्व अध्यक्ष मान बहादुर विक, नर बहादुर श्रीष, उपाध्यक्ष शिव ज्ञवाली, संस्थापक सदस्य ऋषि बहादुर भण्डारी, रोटरी डिष्ट्रिकका सन्सटेबल डेभलोपमेन्ट कमिटि चेयर राजेन्द्र ढकालले सामाजिक हितका लागि संचालन गरिएको एम्बुलेन्स संचालनमा केही कठिनाई आएको बताए।
समाज कल्याणमा दर्ता नहुदा कतिपय सामाजिक कार्यमा योगदान दिन सहजता आउने उनले बताए । कार्यक्रममा क्लबका पुर्व अध्यक्ष भिमराज श्रेष्ठ, महेन्द्र ध्वजु, नर बहादुर श्रीष, पिताम्बर ज्ञवाली, तुल्सी घिमिरे, उपाध्यक्ष कमला हमाल, सचिव बाबुराम बन्जाडे, कोषाध्यक्ष भानु केसी, सर्ज अर्ट आर्म प्रेमा केसीले पाष्ट प्रसिडेन्ट काउन्सिल गठन र यसको संचालनबारे प्रकाश पारेका थिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)