Logo बिहिवार, आश्विन १ गते २०८३
images

लन टेनिस संघद्वारा वरिष्ठ प्रशिक्षक संगमसिह थापालाई विदाई

लन टेनिस संघद्वारा वरिष्ठ प्रशिक्षक संगमसिह थापालाई विदाई

  • 2.3K
    SHARES

  • लन टेनिस संघद्वारा वरिष्ठ प्रशिक्षक संगमसिह थापालाई विदाई

    बुटवल,असार २५- 

    जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव तथा भारोत्तोलन खेलका वरिष्ठ प्रशिक्षक संगमसिह थापालाई रुपन्देही लन टेनिस संघले शुक्रबार विदाई गरेको छ।

    एक कार्यक्रमका बिच रुपन्देही लन टेनिस संघका अध्यक्ष संजय श्रेष्ठ, सचिव ग‍ोपाल ज्ञवालीले बढुवा भई राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभाग अन्तर्गत प्राविधिक प्रशासनको उपनिर्देशकको जिम्मेवारी पाएका थापालाई विदाई गरेको हो ।

    बिस २०७२ सालदेखि जिल्ला कार्यालयमा कार्यरत थापा राखेप केन्द्रमा तालिम तथा प्रशिक्षक विभागको उपनिर्देशक पद जिम्मेवारी पाएका छन। 

    कार्यक्रममा बोल्दै उप–निर्देशक थापाले खेल र खेलाडीको विकासको लागि आफू निरन्तर लागेको बताए । बिस २०५० सालमा अधिकृतमा नाम निकालेर खेलकुदमा जिम्मेवारीलाई पुरा गरिरहेको उनले बताए । जनप्रतिनिधि र कर्मचारीहरुले खेलको भावना बुझ्न सके खेल विकासले गति लिनेमा दुईमत नरहेको उनले दाबी गरे।  

    संघको अगुवाईमा अन्तराष्ट्रिय रुपमा नाम चलेको लन टेनिस खेलको काठमाण्डौ बाहिर युवा खेलाडी उत्पादन गर्दै आएको छ। संघका सचिव गोपाल ज्ञवालीले सरोकारवाला निकायहरु खेल र खेलाडीको मर्म बुझ्न नसक्दा पछि परेको गुनासो गरे। पुर्वाधार विकाससंगै खेलकुद गतिविधिलाई प्राथमिकता दिनुपर्ने उनले बताए।

    लामोसमयको कोभिड संक्रमण र लकडाउनका कारण खेलाडीहरु मानसिक समस्यामा रहेको भन्दै यसतर्फ सरकारको योजना ल्याउन उनले सुझाव दिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology