बुटवल,असार २५-
काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राति नायिका जेनी कुँवरको शव फेला परेको छ। उनी सनराइज सिटीको उक्त अपार्टमेन्टमै बस्दै आएकी थिइन्।
‘उनको शव अपार्टमेन्टमा भेटिएको हो। प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको देखिन्छ,’ महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेले भने।
निर्मातासमेत रहेकी कुँवरले जिन्दगानी, मैदान, जीवनदाता, कानुन, अभिमन्यु, विन्तिपत्र, मलाई माफ गरिदेऊ लगायत फिल्ममा अभिनय गरेकी थिइन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)