बुटवल,असार २४-
पछिल्लो २४ घण्टामा देशभर १८७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२८६ जना संक्रमण मुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ५०४ जनामा कोरोना परीक्षण भएको थियो ।
जसमा एन्टिजेन विधिबाट ५ हजार १३० जना र पीसीआर विधिबाट ५ हजार ३७४ जनामा परीक्षण भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ । यो पीसीआर परीक्षणबाट पुष्टि संक्रमितको संख्या हो ।
यस्तै एन्टिजेन विधिबाट हालसम्म ४१ हजार ४६९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म ६ लाख १५ हजार ६१३ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट हालसम्म ९ हजार ३२० जनाले ज्यान गुमाएका छन् ।
रुपन्देहीमा पछिल्लो २४ घण्टामा २०७ जनाको परिक्षणमा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपालिकामा २३, बुटवल उपमहानगरपालिकामा १३, सैनामैना नगरपालिकामा ५ जना, रोहिणी गाउँपालिकामा २ जना, देवदह नगरपालिका, मायादेवी गाउँपालिका र ओमसतिया गाउँपालिकामा १–१ जना संक्रमित थपिएका छन् ।
यस्तै पछिल्लो २४ घण्टाको अवधीमा १ जना संक्रमितको मृत्यु भएसँगै जिल्लामा मृत्यु हुनेको संख्या ५०३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३८१ रहेको छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)