Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सञ्चार विधेयक बिरुद्ध मानव अधिकार तथा शान्ति समाजद्वारा मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन

सञ्चार विधेयक बिरुद्ध मानव अधिकार तथा शान्ति समाजद्वारा मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन

  • 3.9K
    SHARES

  • सञ्चार विधेयक बिरुद्ध मानव अधिकार तथा शान्ति समाजद्वारा मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन

    बुटवल,असार २४-  

    सञ्चार विधेयक फिर्ता गरी पुनर्लेखन गर्नुपर्ने भन्दै मानव अधिकार तथा शान्ति समाजले बुटवलमा धर्ना सहित प्रदर्शन गरेको छ । लुम्बिनी प्रदेश सरकारले संसदमा सञ्चार विधेयक दर्ता गर्दै पास गर्ने तयारी गरेको छ ।

    विधेयक प्रेस स्वतन्त्रता र मानव अधिकार विरोधी रहेको भन्दै समाजले बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ,लुम्बिनी प्रदेश कार्यालय अगाडि प्लेकार्डसहित ३० मिनेट धर्ना सहित प्रदर्शन गरेको हो ।

    समाजका केन्द्रीय सभापति गोविन्द खनालले लुम्बिनी प्रदेश सरकारले संसदमा दर्ता गरेको सञ्चार विधेयक संविधानको प्रस्तावना र मानव अधिकारको विश्वव्यापी घोषणापत्रविपरित रहेकाले फिर्ता गरी पुनर्लेखन गर्न माग गरे । उनले सरकारको गैरलोकतान्त्रिक चरित्रले नागरिकले शीर निहुराउनुपर्ने अवस्थामा पुगेको बताए ।

    सरकारले वहुमतका नाममा नियन्त्रित लोकतन्त्रको अभ्यास गरेको उनको आरोप छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेले सरकार लोकतन्त्र नै मास्न उद्यत रहेको बताए । उनले संविधान विपरीत स्वतन्त्र प्रेसमाथि अंकुश लगाएको भन्दै चरणबद्ध आन्दोलन चर्काेउने बताए ।

    नागरिकस्तरबाट बिरोधमा साथ रहनु सकारात्मक रहेको भन्दै सहकार्यगरेरै निश्कर्ष निस्किने बताए ।पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पहिलोचरणमा विधेयक फिर्ता नगरेसम्म महासंघको आन्दोलन नरोकिने बताए ।शान्ति समाज रुपन्देहीका सभापति डिपि खनालले सरकार गैरहजिम्मेबार बनेको आरोप लगाए ।

    समाज रुपन्देहीका सचिव कपिल ज्ञवालीले लुम्बिनी प्रदेश सरकार स्थापनादेखि नै प्रेसबिराधी देखिएको बताए । उनले विवादित बिधेयक संसदमा पुर्याएर सरकारले आफुलाइ संविधान, लोकतन्त्र र मानव अधिकारबिरोधी भएको पुष्टी गर्न खोजेको बताए ।

    सो विधेयकमा पत्रकारलाइ  जेल सजाय र मिडियाको प्रकाशन बन्द गर्नसक्ने लगायतका बुंदाहरु समेत समेटिएका छन् । विधेयकबिरुद्ध पत्रकार महासंघ लुम्बिनी प्रदेश र १२ वटै जिल्ला शाखाहरुले निरन्तर विरोध गर्दै सरोकारवालाहरुससंगको छलफल पछि पुनर्लेखन गर्नुपर्ने बताउदै आएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology