बुटवल,असार २४-
पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदेखोला नजिकै खसेको पहिरोले ५ वटा घर पुरेको छ । पहिराेमा पुरिएर एक जनाको मृत्यु भएको छ। भने एक बालक ब आरब परियार बेपत्ता भएका छन् । १५ जना घाइते भएका छन्।
पहिरोमा पुरिएर तिनाउ–५ कै अन्दाजी ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत हिउँदेखोला नजिकै माथिबाट लेदोसहितको पहिरो खसेको हाे ।
घटनास्थल सिद्धार्थ राजमार्गसँगै जोडिएको छ। पहिरोले सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको छ। उद्धार कार्य जारी रहेको घटनास्थलमा पुगेका दाेभानका अगुवा बिष्णुप्रसाद पाण्डेले नागरिक अनलाइनलाइ जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)