Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सर्वोच्चको आदेशपछि लोक सेवा ब्याक,राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षा रद्द

सर्वोच्चको आदेशपछि लोक सेवा ब्याक,राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षा रद्द

  • 2.9K
    SHARES

  • सर्वोच्चको आदेशपछि लोक सेवा ब्याक,राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षा रद्द

    बुटवल,असार २४-

    सर्वोच्च अदालतको आदेशपछि लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको लिखित परीक्षा रद्द गर्ने निर्णय गरेको छ। असार २१ मा बसेको आयोगको बैठकले आन्तरिक, खुला तथा समावेशीतर्फका लिखित परीक्षाहरू रद्द गर्ने निर्णय गरेको आज गोरखापत्रमा प्रकाशित सूचनामा उल्लेख छ।

    कर्मचारी पदपूर्ति सम्बन्धमा भए गरिएका कामकारबाहीहरू अमान्य र बदर घोषित गरिएको व्यहोराको आदेश २०७७ मंसिर १७ मा सर्वोच्चले दिएको थियो त्यसैको कार्यान्वयन गर्न आयोगले परीक्षा रद्द गरेको छ ।

    राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल काठमाडौंका अध्यक्ष हेमराज सुवेदीसमेतले सर्वोच्चमा यसबारे रिट निवेदन दिएका थिए। 

     सूचना :

    loksewaa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology