Logo बिहिवार, आश्विन १ गते २०८३
images

डेनमार्कलाई २-१ ले पराजित गर्दै इंग्ल्यान्ड युरोकपको फाइनलमा

डेनमार्कलाई २-१ ले पराजित गर्दै इंग्ल्यान्ड युरोकपको फाइनलमा

  • 2.0K
    SHARES

  • डेनमार्कलाई २-१ ले पराजित गर्दै इंग्ल्यान्ड युरोकपको फाइनलमा

    बुटवल,असार २४-

    डेनमार्कलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्ड युरोकप २०२० को फाइनलमा पुगेको हो।इंग्ल्यान्ड ५५ वर्षपछि फाइनलमा पुगेको हो। बिहीबार विहान सम्पन्न दोस्रो सेमिफाइनल खेलमा निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयमा गोल गर्दै इंग्ल्यान्डले जित निकालेको हो। 

    खेलको १०४ मिनेटमा ह्यारी केनले पेनाल्टी प्रहार गरेका थिए। उनको प्रहारलाई डेनमार्कका गोलकिपर कास्परले रोकेका थिए। रिबाउन्डमा केनले गोल गर्दै इंग्ल्यान्डलाई २-१ गोलले अघि बढाएका थिए। 

    डेनमार्कका जोकिम मुहले इंग्ल्यान्डका रहिम स्टर्लिङलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिने निर्णय गरेका थिए। त्यसअघि खेलको ३० मिनेटमा गोल गर्दै डेनमार्कले खेलमा अग्रता लिएको थियो। उसका लागि मिक्केल डमसगार्ड फ्रिकिकमा उत्कृष्ट गोल गर्दा इंग्ल्यान्डको घरेलु मैदानमा रहेका दर्शक स्तब्ध बनेका थिए। ३९ मिनेटमा इंग्ल्यान्डले आत्मघाती गोलको मद्दतमा बराबरी गरेको थियो। बुकायो साकाको क्रस रोक्ने क्रममा डेनमार्कका साइमन केजारले आफ्नै पोस्टमा बल छिराउन पुगेका थिए। 

    खेलमा डेनमार्कका गोलकिपरले ह्यारी माग्युर, ह्यारी केन र ज्याक पिटर ग्रेलीशको प्रहारलाई विफल परेका थिए। यस्तै रहिम स्टर्लिङको प्रहार पनि गोलकिपर कास्पर बाधक बनेका थिए।अब उपाधिका लागि इंग्ल्यान्डले आइतबार राति इटालीसँग प्रतिस्पर्धा गर्नेछ। इटालीले पहिलो सेमिफाइनलमा स्पेनलाई हराएर फाइनलमा स्थान पक्का गरेको हो। 

    सन् १९६६ मा भएको विश्वकपको फाइनल खेलेपछि इंग्लिस फुटबल टिम मुख्य प्रतियोगितामा लगातार चुक्दै आएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology