नवलपरासी, असार २३ ।
पूर्वी नवलपरासीको कावासोतीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कावासोती १ कोइलापानीमा ना २६ प ५९६१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।
कावासोती थाना चोकतर्फ आउँदै गरेको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका १ बस्ने २० बर्षीय केशर सुनारीको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते सुनारीको उपचारको क्रममा गएराति नारायणी सामुदायिक अस्पताल चितवनमा निधन भएको नवलपुर प्रहरीले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)