Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पाल्पामा चुनढुंगा बाेकेको टिप्पर दुर्घटना,चालकको मृत्यु

पाल्पामा चुनढुंगा बाेकेको टिप्पर दुर्घटना,चालकको मृत्यु

  • 3.9K
    SHARES

  • पाल्पामा चुनढुंगा बाेकेको टिप्पर दुर्घटना,चालकको मृत्यु

    बुटवल,असार २३-

    बुटवल-पाल्पा सडकखण्डको तिनाउ-५ चरचरेमा टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सिद्धेश्वरबाट चुनढुंगा लिएर बुटवलतर्फ आईरहेको लु २ ख ८२० नम्बरको टिप्पर दुर्घटना हुँदा टिप्पर चालकको मृत्यु भएको हो ।

    प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार गुम्भिर घाईते भएका टिप्पर चालक पाल्पा पूर्वखोला गाँउपालिका ५ बिरकोटका २६ वर्षिय सुदिप गैरेको उपचारका लागि लैजादै गर्दा बाटैमा मृत्यु भएको हो ।

    दुर्घटना बिहान ५ बजेतिर भएको स्थानीय अगुवा बिष्णुप्रसाद पाण्डेले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    साे टिप्पर सडकबाट १५० मिटर तल खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्ली नारायण पाण्डेले नागरिक अनलाइनलाइ बताए ।

    tinau tipper accident.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology