Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘सरकार चाहियो’ सार्वजनिक (भिडियो)

‘सरकार चाहियो’ सार्वजनिक (भिडियो)

  • 2.6K
    SHARES

  • ‘सरकार चाहियो’ सार्वजनिक (भिडियो)

    बुटवल,असार २२ । 

    देशभक्ति गीत ‘सरकार चाहियो’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । यो भिडियोलाई संचारकर्मी तथा निर्देशक रामजी ज्ञवालीले निर्देशन गरेका हुन् । ज्ञवालीले यसअघि डार्क मुन, एक लभर, लक डाउन लगायत झण्डैं १ दर्जन सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।

    सार्वजनिक सरकार चाहियो बोलको गीतमा संगीतकार तथा गायक शिशिर योगीको शब्द संगीत समेटिएको छ भने सतिष चापागाईँले यो गीतको शव्द लेखेका हुन् । गीतको संगीत संयोजन बीबी अनुरागीले र मिक्सिन माष्टरिंग श्याम श्वेत रसालीले गरेका हुन् भने प्रिज्मा रेकर्डिङमा गीत रेकर्ड भएको हो।

    मिलन श्रेष्ठले सम्पादन गरेको म्युजिक भिडियोमा बरिष्ठ कलाकारहरु सुरवीर पण्डित र रश्मी भट्टराईसँगै कलाकार जिवि चिरन लगायतको अभिनय देख्न सकिन्छ । संकल्प भुजेल र अशोक थापाले खिचेको भिडियोलाई राम्रो इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

    कोरोना महामारीका कारण देश लकडाउनमा थियो, निर्देशक ज्ञवालीले भने, ‘गीत छायांकन गर्न र निर्माण गर्न निकै गाह्रो अवस्था थियो । तथापी देशको हालको अवस्थामा यो गीत सार्वजनिक गर्नुको अर्थ राम्रो जाने सोच अनुसार हतार हतारमा भिडियो निर्माण गरेर सार्वजनिक गर्न वाध्य भएका हौं ।’

    काभ्या थापाको मेकअप, नेप्लिज डायस्पोराको लगानीमा निर्माण भएको गीतको भिडियोमा राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ । गीतले लामो समयदेखिको नेपालको अवस्थालाई चित्रण गरेको छ । भिडियो औषतमा राम्रो बनेको छ ।

     भिडियो :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology