बुटवल,असार २२ ।
नेकपा एमालेको कार्यदल बैठक बिना निष्कर्ष सकिएको छ । बैठकमा सहभागी वरिष्ठ नेता माधवकुमार नेपाल समूहका कार्यदल सदस्य सुरेन्द्र पाण्डेले छलफल सकारात्मक रहेको र भोलि बस्नेगरी बैठक टुंगिएको जानकारी दिए ।
‘आजको छलफल सकारात्मक छ ,कुनै निर्णय भएन। भोलि बस्नेगरी बैठक टुंगियो,’ सुरेन्द्र पाण्डेले भने ।
यसअघि विवादबारे प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले विवादबारे संयुक्त वक्तव्य जारी गर्ने चर्चा थियो ।
राष्ट्रिय सभा सदस्य निर्वाचनपछि विघटन गरिएको कार्यदल हिजो ब्युँताइएको थियो । ब्युतिएपछि हिजो बैठक बसेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)