Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मीमा काँग्रेस सभापतिमाथि भएकाे कुटपिटप्रति कांग्रेसकाे आपत्ति,नेताहरुले गरे खेद प्रकट

गुल्मीमा काँग्रेस सभापतिमाथि भएकाे कुटपिटप्रति कांग्रेसकाे आपत्ति,नेताहरुले गरे खेद प्रकट

  • 4.7K
    SHARES

  • गुल्मीमा काँग्रेस सभापतिमाथि भएकाे  कुटपिटप्रति कांग्रेसकाे आपत्ति,नेताहरुले गरे खेद प्रकट

    बुटवल,असाेज ५- 

    गुल्मी काँग्रेस सभापतिमाथि प्रहरीले कुटपिट गरेको भन्दै कांग्रेसले आपत्ति प्रकट गरेको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक विज्ञप्ति जारी गर्दै जिल्ला सपभापति भुवन श्रेष्ठ र प्रदेश सभापति पूर्ण केसीलगायत नेता कार्यकर्तामाथि प्रहरीले धक्कामुक्का गरेको र उनीहरु घाइते भएको बताएका छन्। उनले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले रोकेको र उल्टै दुर्व्यवहार गरेको भन्दै दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

    कुटपिटप्रति रामचन्द्र पौडेलले गरे खेद प्रकट :

    यस्तै पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस जिल्ला सभापति तथा अन्य नेता कार्यकर्तामाथिग भएको कुटपिटप्रति खेद प्रकट गरेका छन्। उनले दोषीलाई कानूनी दायरामा ल्याएर कारबाही गर्न माग गरेका छन्।

    नेता पौडेलले भनेका छन्,‘कम्नियुस्टहरुको सरकार र सत्ताको आडमा अपराधीलाई प्रहरी प्रशासनबाट गरिएको संरक्षणको शान्तिपुर्ण विरोध कार्यक्रममा सहभागी हुने क्रममा नेपाली कांग्रेस गुल्मी जिल्ला सभापति भुवन श्रेष्ठ, पूर्ण खत्री लगायतका नेपाली काङ्ग्रेसका साथीहरू घाईते भएको घटनाप्रति खेद प्रकट गर्दछु। अपराधीलाई कुनैपनि हालतमा उन्मुक्ति दिनुहुन्न,तुरुन्त कानूनी दायरामा ल्याई कारवाहीको माग गर्दछु।’

    गुल्मी घटनाप्रति काँग्रेस नेता खाँणद्वारा दु:ख व्यक्त :
    नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाँणले गुल्मी जिल्ला सभापति भुवन श्रेष्ठमाथि भएको दुर्व्यवहारको घटना प्रति खेद प्रकट गर्दै घटनाको छानबिन गरि दोषीमाथि कारबाही गर्न माग गरेका छन ।

    नेता खाँणले समाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै स्थानीय मुद्दामा शान्तिपूर्ण विरोध तथा प्रशासनलाई ज्ञापनपत्र बुझाउने कार्यक्रममा सहभागी हुने क्रममा नेपाली कांग्रेस गुल्मी जिल्ला सभापति भुवन श्रेष्ठ, प्रदेश क्षेत्रीय सभापति पूर्ण खत्री लगायतका पार्टी नेता कार्यकर्ताहरु घाइते भएको घटना दुखद भएको भदै पार्टीका जिल्ला सभापतिमाथि भएको दुर्व्यवहार प्रति खेद प्रकट गर्दछु भनेका छन् । साथै खाँणले घटनाका घाइतेहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन ।

    गुल्मीमा काङ्ग्रेस सभापति कुटिएकोमा शेखरको आपत्ती :

    जिल्ला सभापति कुटिएको प्रति केन्द्रीय सदस्य डा शेखर कोइरालाले विरोध गरेका छन् । आफ्ना कार्यकर्तामाथि आक्रमण गर्ने नेकपाका कार्यकर्तामाथि कारबाहीको माग गर्दै भएको प्रदर्शनका क्रममा कांग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठ लगायतमाथि प्रहरीले दमन गरेको थियो । 

    ‘विना कसुर आफ्ना कार्यकर्ता पिट्ने नेकपाका कार्यकर्ता पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दा प्रशासनले अटेरी गरेपछि शान्तिपूर्ण प्रदर्शनमा उत्रेका नेपाली कांग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठ लगायत साथीहरूमाथि भएको प्रहरी ज्यादती र आक्रमणको घोर भर्त्सना गर्दछु’, कोइरालाले ट्वीटरमार्फत भनेका छन् । 

     गुल्मी घटनाका दाेषिलाइ कानुनी दायरामा ल्याई कारवाही गर्न डा.चन्द्र भण्डारीकाे माग :

    गुल्मीमा नेपाली कांग्रेस गुल्मीका पार्टी सभापति सहित ६ जना घाइते भएको घटनालाई लिएर कांग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले आपत्ती जनाएका छन् ।

    उनले फेसबुकमा लेखेका छन्-‘गुल्मीमा सत्ताको उन्मादमा अपराधीलाई प्रहरी प्रशासनबाट गरिएको संरक्षणको विरोध कार्यक्रममा पार्टी सभापति भुवन श्रेष्ठ , पूर्ण खत्री लगायतका साथीहरु घाईते भएको घटनाप्रति खेद प्रकट गर्दछु । अपराधीलाई तुरुन्त कानुनी दायरामा ल्याई कारवाहीको माग गर्दछु ।’

    घटनाप्रति खेद प्रकट गर्दै भण्डारीले अपराधीलाई तुरुन्त कानुनी दायरामा ल्याई कारवाहीको माग समेत गरेका छन् । सोमबार दिउँसो रेसुंगा नगरपालिका–१२ को रानीपोखरी निमाविको विषयलाई लिएर कांग्रेसले प्रदर्शन गरेको र त्यो विषयमा नेकपासँग विवाद बढ्दै गएपछि नेकपाका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको भन्दै कारवाहीको लागि माग गर्दै प्रशासन अगाडी प्रदर्शन गरेको थियो ।

    प्रदर्शनका क्रममा दुई कांग्रेसका नेतासहित अन्य ४ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

    शर्माको विज्ञप्ति :-

    आज असोज ५ गते गुल्मी जिल्लामा स्थानीय एक मुद्दामा केन्द्रीत रहेर नेपाली कांग्रेस जिल्ला कार्यसमितिले जिल्ला प्रशासन कार्यालय समक्ष ज्ञापन पत्र बुझाउने कार्यक्रम राखेको थियो ।

    कोरोनाको प्रतिकूलता दृष्टिगत गरेर भौतिक दुरी कायम गर्दै निकालिएको र्याली पछि जिल्ला प्रशासन कार्यालय पुगेका पार्टीको जिल्ला नेतृत्व र साथीहरुलाई प्रशासन कार्यालयमा प्रवेश गर्नुपुर्व रोकियो । रोकिए पश्चात ज्ञापन पत्र बुझाउन जान दिन आग्रह गरिरहँदा प्रहरीद्वारा उल्टै बल प्रयोग गरियो । पार्टीका जिल्ला सभापति भन्ने जान्दाजान्दै पनि सभापति भुवन श्रेष्ठ माथि पनि प्रहरीले ध्रक्कामुक्का गर्दै दुव्र्यवहार गरियो ।

    घटनामा पार्टी सभापति श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण केसी लगायतका साथीहरु घाइते हुनु भयो ।

    शान्तिपूर्ण प्रदर्शन गर्न पाउने, आफ्नो विमती, विरोध र माग प्रस्तुत गर्न पाउने संविधानप्रदत अधिकार प्रयोग गर्दा यो प्रकारको व्यवहार गरिएको विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । स्थानीय प्रशासनको दुव्र्यवहारको घटनाप्रति प्रधानमन्त्री समेतको ध्यानाकर्षण गराउँदै नेपाली कांग्रेस यस बारेमा तत्काल गृहमन्त्रीबाट सार्वजनिक स्पष्टीकरण माग गर्दछ ।

    गुल्मी घटनाको यथार्थ छानविन गरेर घटनाका दोषीलाई कार्वाही गर्न नेपाली कांग्रेस माग गर्दछ । साथै, यस्ता प्रकारका घटना दोहो¥याएर प्रतिपक्षलाई जिस्काउने कार्य नगर्न गृह प्रशासनलाई नेपाली कांग्रेस कडा चेतावनी दिन चाहन्छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology