बुटवल,असार २१-
२४ घण्टामा थप २६२२ जनाको कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २३ को मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४९९ र एन्टिजेन विधिबाट ४ हजार २८ जनाको परीक्षण गर्दा २६२२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै बितेको २४ घण्टामा २२११ जनामा कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितका कुल संख्या ६ लाख ४६ हजार ३६७ पीसीआर र ३८ हजार ९९४ एन्टिजेन जना पुगेको छ ।
यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ११ हजार ४२९ जना पुगेको छ भने मृतकको संख्या ९ हजार २४८ पुगेको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)