Logo बिहिवार, आश्विन १ गते २०८३
images

सुजिताको संकास्पद मृत्युबारे सत्यतथ्य छानबिनको माग गर्दै चितवनमा सडक अवरुद्ध

सुजिताको संकास्पद मृत्युबारे सत्यतथ्य छानबिनको माग गर्दै चितवनमा सडक अवरुद्ध

  • 2.6K
    SHARES

  • सुजिताको संकास्पद मृत्युबारे सत्यतथ्य छानबिनको माग गर्दै चितवनमा सडक अवरुद्ध

    बुटवल, असार २१ ।

    युवती सुजिता भण्डारीको संकास्पद मृत्युबारे सत्यतथ्य छानबिनको माग गर्दै चितवनमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ ।उनीहरुले प्रहरीले ल्याउँदै गरेको शव समेत रोकेर राजमार्ग अवरुद्ध गरेका हुन् । राप्ती नगरपालिका–३ झुरझुरेमा बिहान १०:१५ बजेबाट सडक अवरुद्ध गरिएको थियो ।
     
    असार ११ देखि सम्पर्कविहीन भएकी राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको शव आइतबार साँझ घरबाट करिब चार किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र मृत अवस्थामा भेटिएको थियो ।
     
    स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गमा सवारी तेर्स्याएर विरोध प्रदर्शन गरेका छन् । फरेन्सिक चिकित्सकसहितको टोलीले आज बिहान घटनास्थलको निरीक्षण गरेपछि शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याउन लागेको एम्बुलेन्सलाई पनि स्थानीयवासीले अवरोध गरेका छन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीसहित सुरक्षाकर्मी रहेका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology