Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रतिनिधिसभा विघटन -२ : सर्वाेच्चको फैसला असार २८ मा हुने

प्रतिनिधिसभा विघटन -२ : सर्वाेच्चको फैसला असार २८ मा हुने

  • 2.0K
    SHARES

  • प्रतिनिधिसभा विघटन -२  : सर्वाेच्चको फैसला असार २८ मा हुने

    बुटवल, असार २१ ।

    प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा बहस सकिएको छ । सो मुद्दाको फैसला असार २८ मा हुनेछ । प्रधान न्यायाधीशले मुद्दा हेर्दाहेर्दैमा राखेर २८ गते फैसला सुनाउने जानकारी दिएका छन् । 

    प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईले सुनुवाई गरेका छन् । 

    सोमबार कांग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदहरुको तर्फबाट जबाफी बहस सकिएपछि एमिकस क्युरीले राय दिए । निवेदक तर्फबाट बरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्री बहादुर कार्की, कृष्ण प्रसाद  भण्डारी र शम्भु थापाले जवाफ दिएका थिए । 

    जवाफी बहसपछि एमिकस क्युरीले स्वतन्त्र राय दिएका छन् । एमिकस क्युरीबाट बरिष्ठ अधिवक्ताहरू कोमल प्रकाश घिमिरे,  प्रकाश बहादुर केसी, राघवलाल वैद्य र उषा मल्ल पाठकले राय दिएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology