बुटवल, असार २१ ।
रुपन्देहीमा जारी निषेधाज्ञा असार ३१गते (मसान्त) सम्म थप भएको छ। जोर-विजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुन पाउने गरि जिल्ला प्रशासन कार्यालयले असार १५ गतेबाट निषेधाज्ञा थप खुकुलो बनाएको थियो ।
सोमबार बसेको जिल्ला स्तरिय कोभिड संकट व्यवस्थापन केन्द्र डीसीएमसीको बैठकले निषेधाज्ञा ३१ गतेसम्म जारी राख्ने निर्णय गरेको हो । २०७८ बैशाख १५ गतेको आदेशलाई तपशिल बमोजिम हुने असार २२ गते विहान ६ बजेदेखी असार ३१ गते राती १२ बजेसम्म निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख छ ।
रूपन्देहीमा सार्वजनिक तथा नीजि सवारी साधनमा लागू भएको जोर विजोर प्रणाली कायमै छ भने पसलहरु तथा व्यवसायहरु विहान ११ बजेबाट ६ बजेसम्म खुल्ने छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)