Logo बिहिवार, आश्विन १ गते २०८३
images

३२५ ग्राम ब्राउन सुगरसहित बाँकेका अन्सारी दाङबाट पक्राउ

३२५ ग्राम ब्राउन सुगरसहित बाँकेका अन्सारी दाङबाट पक्राउ

  • 2.7K
    SHARES

  • ३२५ ग्राम ब्राउन सुगरसहित बाँकेका अन्सारी दाङबाट पक्राउ

    बुटवल असोज ५ -

    बाँकेका एक व्यक्ति दाङको अमिलियावाट प्रतिवन्धित लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ भट्टी टोल निवासी ३५ बर्षीय महिन अन्सारी रहेको जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिए ।

    उनी आइतवार बेलुका साढे ८ बजेतिर  लमही नगरपालिका वडा नं. ९ को अमिलियावाट ३२५ ग्राम प्रतिवन्धित लागु औषध ब्राउन सुगरसहित पक्राउ परेको  डिएसपी खड्काले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरिक्षक राजनकुमार गौतमको नेतृत्वमा गएको प्रहरी टोलीले अन्सारीलाई पक्राउ गरेको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ ।

    पक्राउ परेका अन्सारी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology