Logo बुधवार, श्रावण १३ गते २०८३
images

नेपालमा १,६०३ सङ्क्रमित थपिए,२७ जनाको मृत्यु

नेपालमा १,६०३ सङ्क्रमित थपिए,२७ जनाको मृत्यु

  • 2.1K
    SHARES

  • नेपालमा १,६०३ सङ्क्रमित थपिए,२७ जनाको मृत्यु

    बुटवल,असार २०-

    नेपालमा थप एक हजार ६०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पिसिआर विधिबाट एक हजार ४२ तथा एन्टिजेनबाट ५६१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिए।

    यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या छ लाख ८२ हजार ७३९ पुगेको छ । थप चार हजार ८७६ जनाको पिसिआर परीक्षण तथा तीन हजार २५६ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । 

    पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५५२ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।हालसम्म ६ लाख नौ हजार २१८ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology