बुटवल,असार १९-
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १९ जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या ९ हजार १९८ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा मुलुकभरमा ५८३७ जनाको पीसीआर परीक्षणबाट १ हजार ५२७ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार २९६ जनाको एन्टिजेन परीक्षणबाट ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना संक्रमणमुक्त भएका छन्। अहिलेसम्म कोरोनाबाट निको हुनेको दर ९४.३ प्रतिशत छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)