बुटवल,असार १९-
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा नआउनेलाई अब नपर्खिने बताएका छन्। शनिबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले अदालतको फैसला हुँदासम्म हस्ताक्षर फिर्ता नगर्ने एमालेका नेता-कार्यकर्ता नरहने बताए। जेठ २ मा फर्कियौं, त्यो भनेको यही हो। जो आउँदैन, अर्को पार्टीमा जानेलाई पर्खिने होइन। यात्रामा अगाडि पनि साथी भेटिन्छन् प्रधानमन्त्री ओलीले भने।
उनले वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रतिपक्षी मोर्चामा हस्ताक्षर गरेर हिँड्नेको हैसियत के हुन्छ भनी आफूले सोधेको बताए। माधव नेपाललाई भनेँ प्रतिपक्षी मोर्चामा हस्ताक्षर गरेर हिँड्नेको हैसियत के हुन्छ ? लुकेको कुरा होइन,उनले भने, अदालतको फैसला हुँदासम्म जो जसको हस्ताक्षर रहन्छ, ती एमालेका नेता-कार्यकर्ता होइनन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)